2

दलित रीडर अभियानको सूचना

हामीसँग जोडिनुहोस् । र, दलित रीडर अभियानको अभियन्ता बन्नुहोस् ।
  दलित आन्दोलनमा केही फरक गरौं र समुदायका लागि लाभदायी काम गरौं ।

हामी काठमाडौंमा ‘दलित रीडर कक्षा – २०१८’ सञ्चालन गर्दैछौं । तपाईं दलित रीडरको एक अभियन्ताको रूपमा कक्षामा सहभागी हुन सक्नुहुन्छ । हामी एक शैक्षिक सत्रमा जम्मा १५ जना विद्यार्थीलाई मात्र सहभागी गराउन सक्छौं । कक्षामा सहभागी भएर तपाईंले दलित सवालमा अध्ययन गर्ने र लेख्ने सीप सिक्नुका साथै मूलधारका मिडियामा लेखरचना लेख्ने क्षमता विकास गर्नुहुने छ ।


दलित रीडर ग्रीष्मकालीन कक्षा


यो कक्षाले मिडियामा दलित सवाललाई प्राथमिकताका साथमा उठाउने क्रममा दलित सवालमा लेख्ने लेखक तथा अध्येता उत्पादन र प्रकाशनका लागि सहजीकरण गर्ने उद्देश्य लिएको छ । हामी आगामी डिसेम्बरदेखि काठमाडौंमा ‘दलित रीडर कक्षा – २०१८’ सञ्चालन गर्दैछौं । तपाईं दलित रीडरको एक अभियन्ताको रूपमा कक्षामा सहभागी हुन सक्नुहुन्छ । हामी एक शैक्षिक सत्रमा जम्मा १५ जना विद्यार्थीलाई मात्र सहभागी गराउन सक्छौं । कक्षामा सहभागी भएर तपाईंले दलित सवालमा अध्ययन गर्ने र लेख्ने सीप सिक्नुका साथै मूलधारका मिडियामा लेखरचना लेख्ने क्षमता विकास गर्नुहुने छ ।


दलित रीडर कक्षा – २०१८ बारे बारम्बार सोधिने प्रश्न


‘दलित रीडर कक्षा – २०१८’ के हो ?

दलित रीडर कक्षा दलित समुदाय र जात व्यवस्थाको सवालमा लेख्न, अध्ययन गर्न र त्यसलाई सार्वजनिक बहसको विषयका रूपमा ल्याउन चाहने अभियन्ताहरूका लागि उत्प्रेरित गर्ने साझा थलो हो । यो कक्षा १६ हप्तासम्म चल्ने छ र हरेक हप्ताको आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म सैद्धान्तिक कक्षा हुने छ भने हप्ताभरि नै अध्ययन तथा प्रयोगात्मक अनौपचारिक कक्षा हुने छ । सैद्धान्तिक कक्षाको विधि छलफल हुने छ । कक्षा संचालनका लागि दलित संघसंस्था र विश्वविद्यालयसँग सहकार्य गर्ने र सहयोग लिने कामका लागि पहल जारी छ ।

कक्षाका लागि न्यूनतम औपचारिक योग्यता कति आवश्यक पर्दछ ?

यो कक्षामा सहभागी हुन तपाईं न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्छ । र, कक्षामा सहभागी हुन आवेदन दिनुपर्ने छ । हरेक सत्रमा जम्मा बेसीमा १५ जना मात्र सहभागी गराइने हुँदा यस अभियानले लैंगिक समता तथा जातीय समावेशीकरणका आधारमा छनोट गर्ने छ । अध्ययन सामग्री अंग्रेजी भाषामा पनि हुने भएकाले अंग्रेजीमा लेख र पुस्तक अध्ययन गर्न सक्ने क्षमता जरुरी हुन्छ ।

के यो दलित युवाका लागि मात्रै हो ?

प्राथमिक रूपमा दलित युवाका लागि लक्षित गरिए पनि दलित सवालमा लेख्न, अध्ययन गर्न र विमर्श गर्ने रुचि भएका र अखबारी लेखनमा रुचि भएका जुनसुकै समुदायका युवाले यो कक्षामा सहभागिता जनाउन सक्नेछन् ।

कक्षामा के विषयमा पढाइ हुन्छ ?

यो कक्षामा विशेषत दलित सवालमा कसरी लेख्ने, के लेख्ने र लेखनका क्रममा के के कुरामा ध्यान दिने भन्ने विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुने छ । दलित आन्दोलनबारे बुझ्न र नेपालको जात व्यवस्थाबारे अध्ययन गर्न आलोचनात्मक चेत भएका अभियन्ताहरूको उत्पादन गर्नु यो कक्षाको मुख्य उद्देश्य हो । सहभागीहरूको दक्षताको आधारमा पनि कक्षालाई परिमार्जन गरिदै लगिने छ । छिट्टै नै यो कक्षाको करिकुलम प्रकाशित गरिने छ । प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक सिकाइको रूपमा विभिन्न सञ्चार संस्थाका सम्पादकहरूसँग साक्षात्कार र अन्तक्र्रियाको व्यवस्था गरिने छ ।

के दलित रीडर कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराइन्छ ?

यो कक्षा पोष्ट ग्रेडुएट तहको ३ क्रेडिट बराबरको हुने छ । उक्त तहको कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराइने छ ।

प्रमाणपत्र प्राप्त गर्न के गर्नुपर्छ ?

प्रमाणपत्र प्राप्त गर्न नियमित रूपमा कक्षामा उपस्थित भएर सम्पूर्ण असाइनमेण्ट पूरा गर्नुपर्ने हुन्छ । सेमेस्टर प्रणालीअन्तर्गत यो कक्षा संचालन हुने हुनाले यसप्रकार जाँच गरिने छ : २० प्रतिशत कक्षामा हुने छलफलमा भाग लिए बापत, २० प्रतिशत कक्षामा दिइने नियमित लेखन असाइनमेण्ट बापत र ६० प्रतिशत राष्ट्रिय मिडियामा प्रकाशित हुने ३ थान लेखरचना बापत ।

प्रशिक्षकहरू को को हुन्छन् ?

यो कक्षामा दलित सवालमा लामो समयदेखि लेखिरहेका लेखक, समाजशास्त्री, राजनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व र मूलधारको मिडियाका सम्पादक तथा विचारपृष्ठ संयोजक प्रशिक्षकका रूपमा रहने छन् ।

के म कक्षा बीचमै छोड्न सक्छु ?

कक्षामा सहभागी भइसकेपछि बीचमै कक्षा छोड्न सक्नुहुन्न ।

कक्षामा सहभागी हुन मैले के गर्नुपर्छ ?

यो कक्षामा सहभागी हुन तपाईंको प्रतिबद्धता जरुरी छ । यसका लागि यहाँहरूले ५ हजार रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । दलित रीडर कक्षा उत्तीर्ण गर्नुभएमा यहाँको धनराशि ब्याजसहित फिर्ता गरिने छ ।

तपाईंले ‘दलित रीडर कक्षा – २०१८’ मा सहभागी हुन यो सूचनासँगै आवश्यक व्यक्तिगत विवरण रहेको आवेदन फारम भरेर पठाउनुपर्ने छ । तपाईंले पठाएको आवेदन फारमको आधारमा तपाईंलाई छनोट गरिने छ र कक्षाका लागि आमन्त्रण गरिने छ ।

कृपया फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 


स्वयमसेवा


दलित रीडर स्वयमसेवी समूह हो । तपाईं आफै पनि स्वयमसेवीका रूपमा यो अभियानलाई सहयोग पु¥याउन सक्नुहुन्छ । तपाईंले दलित रीडरले सञ्चालन गर्ने छलफल तथा बहस कार्यक्रममा संयोजनको काम गरेर; दलित रीडर ब्लगका लागि दलित आन्दोलनसँग सम्बन्धित लेखरचना दिएर; दलित रीडरका सामाजिक सञ्जालमा हुने बहस र छलफलमा सक्रिय रूपमा भाग लिएर र दलित रीडर अभियानलाई अझ प्रभावकारी बनाउन स्वयमसेवी रूपमा सहयोग गर्न सक्नुहुन्छ ।


स्वयमसेवासम्बन्धी बारम्बार सोधिने प्रश्न


स्वयमसेवी रूपमा सहयोग गर्न कस्तो योग्यता आवश्यक पर्छ ?

त्यस्तो कुनै योग्यता तोकिएको छैन । तपाईंले आफ्ना क्षमता र प्रतिभालाई हामीसँग बाँड्न सक्नुहुन्छ ।

स्वयमसेवकको रूपमा मैले के काम गर्नुपर्छ ?

स्वयमसेवकको रूपमा तपाईंले दलित रीडरले सञ्चालन गर्ने बहस, छलफललगायतका अभियानमा सहयोगीको रूपमा काम गर्नुपर्ने हुन्छ ।

स्वयमसेवकको रूपमा मैले के पाउँछु ?
यो एउटा अभियान भएकोले हामी स्वयमसेवकलाई कुनै पनि आर्थिक सहयोग वा भुक्तानी गर्न सक्दैनौं । तपाईंले दलित रीडरमा स्वयमसेवा गरेमा नेपालको दलित आन्दोलन र सामाजिक संरचनाबारे आफ्नो अध्ययन तथा लेखनलाई निखार्ने अवसर पाउनु हुन्छ ।

स्वयमसेवकको रूपमा काम गर्न मैले कुनै रकम तिर्नुपर्छ ?
पर्दैन । तपाईंले निःशुल्क सहयोग गर्न पाउनुहुन्छ । तर, हामी आवश्यक संख्यामा मात्र स्वयमसेवक नियुक्त गर्दछौं ।

म कसरी स्वयमसेवक बन्न सक्छु ?
स्वयमसेवकका रूपमा काम गर्न तपाईंले आफ्नो व्यक्तिगत विवरणसहित तलको फारम भरेर पठाएपछि हामीले आवश्यकता बमोजिम तपाईंलाई खबर गर्दछौं ।

कृपया फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्


मेन्टरसिप


तपाईंले दलित रीडर कक्षाका विद्यार्थीलाई ‘मेन्टर’को रूपमा सहयोग गर्न सक्नुहुन्छ । मेन्टरको रूपमा तपाईंले सहयोग गर्न दलित आन्दोलन, सामाजिक आन्दोलन तथा सामाजिक न्याय र मिडियाका विभिन्न आयामलाई मसिनोसँग केलाउन सक्ने हुनुपर्छ ।


बारम्बार सोधिने प्रश्न


मेन्टरको रूपमा मैले के गर्नुपर्छ ?
मेन्टरको रूपमा दलित रीडरले तपाईंलाई यहाँंको विषयगत विज्ञताका आधारमा दलित रीडर कक्षाका कुनै एक विद्यार्थीलाई ‘मेन्टरिङ’ गर्ने जिम्मेवारी दिने छ । तपाईंले मेन्टरको रूपमा विद्यार्थीले अध्ययन गर्न चाहेको र लेख्न चाहेको विषयमा सुझाव, सल्लाह र प्रकाशनका लागि सहयोग गर्नुपर्ने छ । विद्यार्थीका लागि आवश्यक स्रोत तथा सन्दर्भ सामग्री दलित रीडरले उपलब्ध गराउने छ ।

मेन्टरको रूपमा काम गरेर मैले के पाउँछु ?
दलित रीडर स्वयमसेवी अभियान भएकोले हामी कसैलाई पनि पारिश्रमिक वा भत्ता दिन सक्दैनौं । यो काम आफूलाई मानवीय बनाउने एउटा अभियान पनि भएकोले नेपालको दलित सामाजिक आन्दोलनमा तपाईंको पनि योगदान रहने छ । दलित युवाहरूसँग अन्तत्र्रिmया र छलफलबाट तपाईंले पक्कै पनि नेपालको जात व्यवस्था र त्यसको दुस्प्रभावलाई नजिकबाट अध्ययन गर्न सक्नुहुने छ ।

मेन्टरको रूपमा मैले दलित रीडरका लागि कति समय दिनुपर्छ ?
तपाईंले मेन्टरको रूपमा दलित रीडरले दलित रीडर कक्षाका लागि तोकेको विषयमा कुनै हप्ताको आइतबार ४५ मिनेटसम्मको समय दिनुपर्ने छ । त्यसैगरी दलित रीडरले आयोजना गर्ने विशेष कार्यक्रममा उपस्थित भएर मेन्टरिङ गर्दाको अनुभव बाँड्न र अरुलाई पनि प्रेरित गर्न सक्नुहुने छ ।

के मैले आफूले मेन्टरिङ गर्ने विद्यार्थी आफै छान्न सक्छु ?
विद्यार्थीका रुचि र तपाईंको विषय मिल्यो भने त्यसमा त दलित रीडर अभियान खुसी नै हुनेछ । तर, यस कार्यमा दलित रीडरले तपाईंलाई आवश्यक सहयोग गर्ने नै छ ।


लेखरचना


तपाईं अनुसन्धानमूलक रचना वा तर्क र तथ्ययुक्त लेख, आफ्नै कथा र साहित्यिक खुराक पठाउन सक्नुहुने छ । तर, ती सामग्रीको उपयोगिता र सान्दर्भिकता हेरीकन दलित रीडरको एक स्वयमसेवी समूहले आवश्यक परिमार्जनका लागि सुझाव दिन सक्ने छ ।


बारम्बार सोधिने प्रश्न 


के दलित रीडरमा उत्कृष्ट लेखरचना मात्रै प्रकाशित हुन्छन् ?
तपाईंमा अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि छ भने तपाईंले पनि उत्कृष्ट रचना लेख्न सक्नुहुन्छ । हामी तपाईंको लेखनलाई अझ परिमार्जित र बलियो बनाउन सहयोग, सल्लाह र सुझाव दिन्छौं । तर, तपाईंमा निरन्तर लेखन, अध्ययन र अनुसन्धान गर्ने धैर्य भने चाहिन्छ ।

मैले आफ्नो लेखनलाई परिमार्जन गर्न के गर्नुपर्छ ?
तपाईंले आफ्नो लेखरचना पठाइसकेपछि हामी त्यसको समीक्षा गर्दछौं । आवश्यक सुधारका लागि सुझाव र सल्लाह दिन्छौं । तपाईंलाई थप सन्दर्भ–सामग्री र स्रोतको सिफारिस गर्छौं । तर, तपाईंमा निरन्तर लेखन र अध्ययन, अनुसन्धान गर्ने धैर्य र लगनशीलता भने हुनुपर्छ ।

के मैले लेखरचनाबापत लेखकस्व पाउँछु ?
दलित रीडर स्वयमसेवी अभियान भएकोले लेखरचनाबापत लेखकस्व दिने नीति छैन । तर, दलित सवालमा लेख्नु र सामाजिक न्यायमा लाग्नु भनेको आफैलाई रूपान्तरण गर्नु होइन र ?

मैले लेखरचना कसरी पठाउने ?
लेखरचना पठाउन हाम्रो इमेल ठेगानामा इमेल गर्नु सक्नुहुन्छ । त्यसैगरी दलित रीडरका अभियन्तालाई भेटेर पनि लेखरचना दिन सक्नुहुन्छ ।


आर्थिक सहयोग


तपाईंलाई दलित आन्दोलनमा आलोचनात्मक चेतको विकास गर्नुपर्छ र यसलाई प्राज्ञिक बहसको मुद्दाका रूपमा स्थापित गर्नुपर्छ भन्ने विश्वास छ भने दलित रीडर अभियान त्यसका लागि महत्वपूर्ण थलो हो । हामी कुनै पनि दातृ निकाय, राज्य र व्यक्तिबाट उनीहरूको सर्तमा काम गर्नेगरी आर्थिक सहयोग लिँदैनौ । तर, तपाईंले दलित रीडर अभियानलाई निःसर्त रूपमा आर्थिक सहयोग गरी यसका अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने हामी त्यसलाई सहर्ष स्वीकार गर्छौं । तपाईले व्यक्तिगत रूपमा वा संस्थागत रूपमा हाम्रो यो अभियानलाई आर्थिक सहयोग गर्न सक्नुहुने छ ।


बारम्बार सोधिने प्रश्न


मैले कसरी आर्थिक सहयोग गर्न सक्छु ?
दलित रीडर अभियानका अभियन्ताहरूसँग सम्पर्क गरेर निश्चित कार्यका लागि मात्र तपाईंले अत्यावश्यक आर्थिक सहयोग गर्न सक्नुहुन्छ । यस्तो सहयोग तपाईंले सम्बन्धित खर्च शीर्षकमा सिधै भुक्तानी गर्न पनि सक्नुहुन्छ । यहाँको सहयोग पारदर्शी रूपमा सार्वजनिक गरिने छ र त्यसमा तपाईंलाई साक्षी राखिने छ ।

मैले केका आधारमा आर्थिक सहयोग गर्ने ?
तपाईंको आर्थिक सहयोग स्वैच्छिक हो । दलित रीडर अभियानले गरिरहेको कामको मूल्यांकनका आधारमा तपाईंले सहयोग गर्ने हो । खर्च भएको रकम तपाईंको चाहना बमोजिम सिधै भुक्तानी गर्नुपर्नेलाई भुक्तानीको व्यवस्था मिलाउँछौं ।

मैले ब्यांकमार्फत रकम पठाउन सक्छु ?
यो स्वैच्छिक अभियान हो र यसको कुनै व्यांकमा खाता छैन । तपाईं हाम्रो अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने विश्वासको आधारमा मनी ट्रान्सफर वा यस्तै अन्य सुविधामार्फत रकम पठाउन सक्नुहुन्छ । हामी खर्चको विवरण र भुक्तानी तपाईंले इच्छाएको व्यक्तिको वा तपाईंलाई साक्षी राखी गर्ने छौं । तपाईंको सहयोग रकमको प्रशासनिक कार्यमा प्रयोग हुने छैन ।

2 Comments

  1. मलाई यो अभियान राम्रो लाग्यो म पनि सहभागी हुन चाहान्छु।

  2. म बिदेश मा छु।कक्षाहरुको भिडियो Yiutube मा हाल्नु होला।हामी बिदेशमा दुख गर्दै दलित आन्दोलन लाई चिन्ता गरिरहने युवा लाई सहज हुन्छ। youtube channel खोल्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *