0

बलदेव रामको चारपुस्ते आन्दोलनको नालिबेली

भोला पासवान

भोला पासवान

-भोला पासवान : उनीबारे संचारमाध्यममा आएका सामग्री खासगरी २०५६ सालताका उत्कर्षमा पुगेको सिनो बहिष्कार आन्दोलन र त्यसपछि २०६१ सालपछि भूमिअधिकार आन्दोलनमा केन्द्रित थिए । यो पंक्तिकारले करिब तीन वर्षअघि देखि नै उनको जीवनी लेख्ने उद्देश्यले अनेक पटक औपचारिक/अनौपचारिक कुराकानी गरेको थियो । कुराकानीबाट के बुझियो भने खासमा बलदेव रामअघिका तीन र अहिले उनका छोराहरूले गरेको आन्दोलन हेर्दा चार पुस्तादेखि बलदेव रामको परिवार अन्याय र अत्याचारको विरोधमा र भूमि अधिकारका लागि संघर्षरत रहेको इतिहास छ ।

२१ साउन । सामाजिक अभियन्ता बलदेव रामले संसार छाडेको चौथो दिन ।

क्रिया बसेका उनका छोरा इन्द्रदेव राम विहान करिब ११ बजेतिर मृत्यु संस्कारका लागि पोखरीतर्फ जाने तरखरमा थिए ।
त्यत्तिकैमा उनका काका रामलखन रामले एउटा पत्र इन्द्रदेवलाई थमाए । इन्द्रदेवले पत्र खोलेर हेरे ।  पत्रभन्दा पनि त्यो त भूमि सुधार कार्यालय राजविराजले पठाएको समन रहेछ । जमिनदार राजेन्द्रबहादुर क्षत्रीका तर्फबाट वारिस दिनानाथ मण्डलले पठाएको समन ।

भूमि सुधार कार्यालय, सप्तरीले मोहीसम्बन्धी मुद्दामा प्रतिउत्तर जोडन पठाएको समनको पेटबोलीमा मोही निष्काशन गर्ने कुरा उल्लेख रहेछ । समन पढीसकेपछि क्रिया बसेका इन्द्रदेवले आँसु थाम्न सकेनन् ।

भनिन्छ, दुःखको घडीमा दुश्मनले समेत सान्त्वना दिन्छ, तर रामहरूकै जमिनदार क्षत्रीले थप दुःख र पीडा दिए । उनको नाममा रहेको जमिनमा घरबास रहेका १७ धुर मोही जग्गाबाट निष्काशन गर्ने उद्देश्यले यनले मुद्दा लगाएका रहेछन् ।

यो पंक्तिकारसँग कुरा गर्दै इन्द्रदेवले भने— ‘बुबा बितेको थाह पाएपछि उनीहरू (जमिनदार)ले दुःख दिन खोजेजस्तो छ । भूमिका लागि मुद्दा लड्ने म चौथो पुस्ता हो । मेरो परिवार शोकमा डुबेको बेला पनि जमिनदारले हामीलाई सताउन छोडेनन्, दुश्मनप्रति त यस्तो बेला सहानुभूति राख्छ । म त मोही हो । वर्षौदेखि त्यो जग्गामा घर बनाएर बसोबास गरेको छुु ।’

सामाजिक आन्दोलनका अगुवा बलदेव राम २०७४ साउन १७ गते सदाका लागि यो संरसारबाट विदा भए । भूमिहीन, गरिब, दलित तथा पछाडि पारिएकाहरूले आफ्नो अभिभावक गुमाएको जस्तो पीडा महसुस गरे । बाल्यकालदेखि अन्याय र अत्याचारविरुद्ध संघर्ष गरेका बलदेव रामबारे संचारमाध्यमले राम्रै स्पेस दिए । तर बलदेव रामबारे जे जति कुरा मिडियामा आए, ती कुराले उहाँले र उहाँ परिवारले गरेको संघर्षलाई न्याय गरेको देखिँदैन ।

उनीबारे संचारमाध्यममा आएका सामग्री खासगरी २०५६ सालताका उत्कर्षमा पुगेको सिनो बहिष्कार आन्दोलन र त्यसपछि २०६१ सालपछि भूमिअधिकार आन्दोलनमा केन्द्रित थिए । यो पंक्तिकारले करिब तीन वर्षअघि देखि नै उनको जीवनी लेख्ने उद्देश्यले अनेक पटक औपचारिक/अनौपचारिक कुराकानी गरेको थियो । कुराकानीबाट के बुझियो भने खासमा बलदेव रामअघिका तीन र अहिले उनका छोराहरूले गरेको आन्दोलन हेर्दा चार पुस्तादेखि बलदेव रामको परिवार अन्याय र अत्याचारको विरोधमा र भूमि अधिकारका लागि संघर्षरत रहेको इतिहास छ ।

बलदेव रामका चार पुस्ताले गरेको आन्दोलनबारे बलदेव रामकै शब्द :

हजुरबुबाले ५ बिघा खेत छाडेर भाग्नुपर्दा

मेरो हजुरबुबा बहादुर रामका चार दाजुभाइ थिए । मेरो बुबा प्रितमलाल दास भने एक्लै । हामी चार दाजुभाइ छौं । मेरो हजुरबुबाभन्दा अघिका तीन पुस्ता सप्तरीकै वनगामा गाउँमा बित्यो । मधुपट्टीसँगै राजमार्गभन्दा उत्तर वनगामा गाउँ थियो । मेरो हजुरबुबाले हाम्रो परिवार वनगामाबाट कसरी विस्थापित भयो भन्ने कुरा सुनाइरहनुहुन्थ्यो ।

वनगामा करिब २०/२५ घर चमारको बस्ती थियो । मेरो हजुरबुबाको करिब ५ बिघा जमिन थियो रे !

त्यो जमिनमा ठूला रुखहरू थियो । इनार थियो । बनगामा डिहमा राजपूतको अत्याचारको विरोध गर्दा उनीहरूको षडयन्त्रको सिकार हुनु प¥यो चमारहरू । वनगामाका जमिनदार भोजप्रसाद सिंहसँगको अत्याचारको प्रतिरोध गरेको थियो हजुरबुबाले । राजपूतहरूले त्यस बखत यी ‘चमरासब मुख मुखै बजलगलै’ भन्दै आक्रोशित भएको थियो । त्यसबेला समय कस्तो थियो भने जमिनदारको बोलीवचन काट्ने दलितहरूको साहस हुन्नथ्यो । त्यस्तो समयमा जमिनदारको गलत कामको विरोध गर्न खोज्नेहरूलाई विभिन्न आरोप लगाएर तह लगाउने गर्दथ्यो ।

हजुरबुबा कनकपट्टी आउँदा यहाँ घना जंगल थियो रे । त्यो जंगल फँडानी गरेर बस्नुभएको थियो । त्यस बेला गरिबहरू जंगल फँडानी गरेर उब्जाउ बनाउँथ्यो, जमिनदार र पटवारी हड्पिहाल्थ्यो । त्यसबेला कर्णेलहरू रैती बसाउने चलन पनि थियो । ‘रैती बस्यो भने खेतीपाती गर्न सहज हुन्छ’ भत्रे ध्येय कर्णेलहरूको हुन्थ्यो ।

हजुरबुबा साथ पनि त्यही भयो । गाउँमा चोरी भयो । चोरी आरोप चमार समुदायमाथि लगाइयो । राजपूतहरूले सिंगो चमार बस्तीलाई आगो लगाएर धवस्त पा¥यो । त्यसपछि हजुरबुबा र उनको दाजुभाइ भागेर छिमेकी गाउँमा गएर बस्नुपरेको थियो ।

गाउँ ध्वस्त पार्नुअघि गाउँमा पञ्चायती बसेको थियो । त्यो पञ्चायतीमा राजपूतहरूले चमार समुदायसँग औठा छाप लगाएको थियो । चमारहरू कोही पनि पढेलेखेको थिएन । पछि मात्रै थाह भयो राजपूतहरू सबै जमिन नै हडपिसकेको थियो ।

हजुरबुबा मधुपट्टी आएर बस्नु भयो । उहाँले त्यस समयको चर्चा गर्दा भन्नुहुन्थ्यो, ‘समाज मे दलित सबके कोनो गन्ती नै छैलै ओइ समय मे ।’ हो, समाजमा दलितको कुनै गन्ती वा वास्ता हुन्थेन त्यो समयमा । त्यसबेला मुग्लानबाट आएर पहाडीहरू गाउँमा हिङ्ग लगानी गर्दथ्यो पछि तिर्न नसकेपछि जग्गा कब्जा गर्दथ्यो । गाउँमा जमिनदार राजपूतहरू पैसा लगानी गर्दथ्यो । गरिबहरू मर्दा, पर्दा, भोखमरीले गर्दा त्यही शोषक जमिनदारसँग ऋण लिनुपर्ने बाध्यता थियो । त्यो क्रम अहिलेसम्म जारी छ । त्यस ऋणको सट्टा जमिनदारहरू गरिब दलितहरूको जग्गाजमिन कब्जा गर्दथ्यो । गाउँका पटवारीले लिखापढी गरेपछि जमिनको स्वामित्व परिवर्तन भइहाल्थ्यो । दलित र गरिबहरू अनपढ भएकाले झुकाएर पनि औँठा छाँप लगाएर जमिन हड्प्ने काम गर्दथ्यो ।

त्यक्तिखेर जमिनको धेरै महत्व पनि थिएन । गरिबहरूको मानसिकता कस्तो थियो भने बटैया भए पनि खेत जोत्न पाइहाल्छ । अर्को ठाउँमा जंगल फडानी गरेर बस्न सक्ने विकल्प थियो उनीहरूसँग । तर हुन्थ्यो के भन्दा गरिब दलितका जमिन गाउँका पटवारीहरूले लेखाइहाल्थ्यो । मेरो हजुरबुबा बितेपछि गाउँका टाठावाठाले हाम्रो सबै जग्गा नापी गरायो । म बुझ्ने हुँदा मेरो बुबा ढेड बिघा खेत मोहीको रूपमा जोत्दै थियो । जमिनदार मोहनकुमारी र डम्बर शमशेरको । अहिलेसम्म जोतिरहेकै छौं ।

त्यस बेला चमारको ‘गाम’ हुन्थ्यो । गाउँ कमाउने प्रथा अनुसार जुन गाउँ जुन चमारको हो, त्यस गाउँमा कुनै पशु वा जनावर म¥यो भने त्यो गाउँ कमाउने चमारले फाल्नु पर्ने बाध्यता थियो । त्यस्तै त्यस गाउँमा कुनै महिलालाई सुत्केरी बेथा लाग्यो भने त्यो सुत्केरी गराउनेदेखि लिएर स्याहार गर्ने काम चमार महिलाहरूले गर्नुपर्दथ्यो । त्यस बापत गाउँ कमाउने चमारले वार्षिक रूपमा गाउँले जोसँग एक हलगोरू छ उसँग १० किलो र हलगोरू नभएकोसँग ५ किलो धान पाउँथ्यो । त्यसबाहेक चमारले गाईवस्तुको छाला बेचेर केही आम्दानी गर्दथ्यो ।

हजुरबुबा चार दाजुभाइमध्ये वैनगामा, कुशहा, कदमाहा र कनपट्टीगरी बाँडफाँड भएको थियो । वनगामाबाट भागेपछि हजुरबुबा कनकपट्टीमा आएर बस्नुको कारण पनि त्यही थियो । आफूले कमाउँदै आएको गाममा सहारा पाइने सोचले ।

हजुरबुबा कनकपट्टी आउँदा यहाँ घना जंगल थियो रे । त्यो जंगल फँडानी गरेर बस्नुभएको थियो । त्यस बेला गरिबहरू जंगल फँडानी गरेर उब्जाउ बनाउँथ्यो, जमिनदार र पटवारी हड्पिहाल्थ्यो । त्यसबेला कर्णेलहरू रैती बसाउने चलन पनि थियो । ‘रैती बस्यो भने खेतीपाती गर्न सहज हुन्छ’ भत्रे ध्येय कर्णेलहरूको हुन्थ्यो ।

समाज सुधार आन्दोलनमा बुबा

हजुरबुबा बितेपछि बुबाले गाम बटैया लगाउनुभएको थियो । बुबा वैष्णव भएकाले मरेको सिनो फाल्नुहुन्थेन । त्यही भएर बटैया लगाउनुभएको थियो । तर आमाले परम्परागत कार्य (सुँडेनी) गरेर हाम्रो जीविका चलाउनुभएको थियो ।

चमार महिलाहरूको परम्परागत काम थियो सुँडेनीको । कोही महिलालाई सुत्केरी वेथा लाग्यो भने चमार महिला श्रीमानसँग सुतेको छ भने पनि उठेर जानुपर्दथ्यो । एक किसिमले भन्नुपर्दा गाउँमा सुत्केरी गराउने ठेक्का चमैनको थियो । आमा पनि त्यही काम गर्नुहुन्थ्यो । तर त्यस बापत ज्याला ज्यादै कम थियो । सुत्केरीलाई १२ दिनसम्म स्याहार गर्दा एक अडैंया (अढाइ किलो) धान ज्याला पाइन्थ्यो । आमा त्यही धान कुटेर हामी सबैलाई खुवाएर फेरि पनि काममा जानुहुन्थ्यो । हामी चार दाजुभाइलाई हुर्काउन आमाले धेरै परिश्रम गर्नुभएको थियो । आमा बितेपछि ममाथि ठूलो जिम्मेवारी आएको थियो ।

मेरो बुबाले ५ कक्षासम्म पढ्ने अवसर पाउनुभएको थियो । मेरो हजुरबुबाले धेरै दुःख गरेर उहाँलाई पढाउनुभएको कुरा बुबाले सुनाउनुहुन्थ्यो । त्यसबेला गाउँमा भारतीय शिक्षकहरूले आएर पढाउने चलन थियो । दलितहरूले पढ्न पाउने अवसर पाउन मुश्किल थियो । पढ्दा पनि छुट्टै बसेर पढ्नुपर्ने बाध्यता त थियो नै, शिक्षकलाई तिर्नुपर्ने फिको पनि अभाव हुन्थ्यो ।

बुबा बहुप्रतिभाको धनी हुनुहुन्थ्यो । स्वजातिभित्र पण्डिताई गर्नुहुन्थ्यो । अरु समुदायको ‘डिह’ पनि गुनिदिनुहुन्थ्यो । परेको बेला फर्निचर बनाउनेदेखि लिएर नाङ्गलोसम्म बनाउनुुहुन्थ्यो । गाउँमा नामी नचैया र गवैयाको रूपमा स्थापित हुनुहुन्थ्यो । भजनकीर्तनमा विशेष रूचि थियो उहाँको । गैरदलितको घरमा समेत पूजापाठ हुँदा उहाँ गएर कीर्तनभजन गाउनुहुन्थ्यो । भगवानको पूजामा कीर्तनभजन गर्दा ‘छूत’, तर पूजापाठ सकेपछि ‘अछूत’ भन्दै छुट्टै राखेर केराको पातमा खुवाउने प्रचलन थियो । बुबा वैष्णव भए पनि छुट्टै राखेर खुवाइँन्थ्यो ।

उठु किसान काटु धान

बुबाले किसान आन्दोलनको एक सक्रिय सदस्यको रूपमा पनि काम गर्नुभएको थियो । बुबा किसान पार्टीमा लाग्नुभएको थियो । त्यसबखतको चर्चित नारा थियो  ‘उठु किसान काटु धान, रोकैवालाको मारु जान, जेकरे हसुवा तेकेरे धान ।’

त्यसबेला गम्छाले ठुलठुलो पगरी बाँधेर लट्ठी लिएर किसानहरू आउँथ्यो । बुबा पार्टीको सदस्य भएकोले मेरो घरमा पनि त्यस्ता मान्छेहरूको आवतजावत भइरहन्थ्यो ।

‘सेरी लौङ्गी देना छोड दो, दलाल के मुख मे जुत्ता दो, धर्म भखारी खोल दो ।’

त्यसवखतमा खेत बटैया गर्ने व्यक्तिले एक मन धानमा एक सेर (एक किलौ) धान जमिनदारलाई छोड्नुपर्दथ्यो । त्यसबाहेक त्यही अनुपातमा लौङ्गी तिर्नुपर्दथ्यो । जमिनदारको लागि काम गर्ने गोढायत र पटवारीलाई समेत छुट्टै धान तिर्नुपर्दथ्यो । सबैलाई दिएर अन्त्यमा बटैया गर्नेको घर रित्तो हुन्थ्यो ।

धानको पनि ब्याज तिर्नुपर्दथ्यो । एक मनको ढेड मन । सबै उब्जाएर जमिनदारलाई नै बुझाउनुपर्दथ्यो । सिधा कुरा के थियो भने ‘घरमा खर्चा नभएपछि न गरिबहरू काम गर्न आउँछ ।’ त्यस्तो गरिबको दशा थियो ।

जमिन खारिज दाखिल गाउँमै हुन्थ्यो । जमिनदार र पटवारीले एक मन धान तिर्न नसक्दा गरिबको जमिन हड्पिहाल्ने अवस्था थियो ।

सिनो खाने (मरिखाने) बन्द आन्दोलन

चमार समुदायले सिनो खाने गरेको कारणले समाजले अत्यधिक छुवाछूत भेदभाव हुने गर्दथ्यो । चमार समुदायले भोगिरहेको कंलकित एव अमानवीय जीवनबाट छुटकाराका लागि पहिलो चरणमा स्व—जातिभित्रबाट मरिखाने आन्दोलन भएको थियो । उक्त आन्दोलनमा समेत बुबाको सहभागिता थियो ।

२००९ सालबाट शुरु भएको थियो यो आन्दोलन । सप्तरी, सिरहा, धनुषालगायत तराईमा पूर्ण रूपले २०१४ सालसम्ममा सिनो खाने काम बन्द भइसकेको थियो । सिनो खाने काम छोडिएता पनि सिनो फाल्ने, छाला छाल्ने र गाँउ कमाउने काम परम्परागत पेसाको रूपमा चली नै रहेको थियो ।

बाँसवारी छाला उद्योगका ठेक्केदारविरुद्धको आन्दोलन

तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा संचालित बाँसबारी छाला उद्योगले पशुको छाला संकलन गर्न ठेक्केदारी लगाउने गर्दथ्यो । सप्तरी तथा सिराहाका ठेक्केदार मोहम्मद हैदर अली रहेको थियो । चमार समुदायले ठेक्केदारलाई ज्यादै कम दररेटमा छाला बेच्नुपर्ने बाध्यता थियो । सरकारले लगाएका ठेक्केदारले भन्दा भारतीय बजारमा छाला बेच्दा चमार समुदायले दश गुणा बढी रकम पाउँथ्यो । त्यस आन्दोलनमा समेत मेरो बुबाको सहभागिता रहेको थियो ।

तत्कालिन समयमा ठेक्केदारलाई ३ रूपैयाँमा बेच्ने छालाका मूल्य भारतीय बजारमा ३० रूपैयाँ पाइन्थ्यो । नेपाल सरकारका ठेक्केदारलाई छाला बेच्दा चमार समुदायलाई दुई छाक टार्न पनि समस्या हुन्थ्यो । त्यसैकारण चमारहरूले आफ्ना जहान परिवारलाई दुई छाँक टार्नका निम्ति बाध्यात्मक परिस्थितिमा लुकिछिपी काँचो छाला भारतीय बजारमा लगेर बेच्ने गरेको थियो । २०२६ सालदेखि नेपाल हरिजन सुधार संघले गरेको कठोर संघर्षका कारण काँचो छाला ठेक्केदारी २०३९ सालमा तत्कालीन सरकारले तोड्न बाध्य भएको थियो ।

मोही अधिकारका लागि आन्दोलन

२०२१ सालमा भूमि सुधार ऐन लागू भएपछि मेरो बुबा गाउँ पंचायतको सचिव भइसकेको थियो । त्यसवखत ५ कक्षा पढेको व्यक्तिको पनि धेरै महत्व हुन्थ्यो । भूमि सुधार ऐन लागू भएपछि जग्गा नापजाँच सुरु भयो । वर्षौदेखि कमाउँदै आएको जग्गामा मोही लगत कायम गर्ने सुरु भएको थियो । मोही लगत कायम गर्न सचिवको सिफारिस चाहिन्थ्यो । बुबाले जो वास्तविक रूपमा जमिनदारको जमिन जोत्दै थियो त्यसको सिफारिस गर्नुहुन्थो । त्यो कुरा जमिनदारलाई मन परेको थिएन ।

जमिनदारहरू मेरो बुबालाई दश बिघा जमिन दिन तयार थियो । सर्त हुन्थ्यो, ‘तिमी यो मोही लेखाउने काम बन्द गर ।’ तर बुबाले १० बिघा होइन १० वटा मौजा दिए पनि म गरिबले जोत्दै आएको जग्गाबाट बेदखल हुने काम नगर्ने अडान राख्नुहुन्थ्यो ।

बुबा सचिव नभएको भए यो गाउँमा यतिको संख्यामा मोही कायम हुन्थेन । जसले जति जोत्दै थियो, त्यसमा मोही कायम गराउन सहयोग गर्नुहुन्थ्यो उहाँ । जोत्दै नजोतेको व्यक्तिलाई जबर्जस्ती लेखाउने काम पनि गर्नुहुन्नथ्यो । कदमाहा पंचायतमा कोइलाडीका बुलबुल सिंहलगायतका जमिनदारको २२ मौजा मौजा थियो । ती सबै जग्गा गरिब र दलितहरूले जोत्दै थियो ।

बुबा त्यसबखत सचिवको नाताले कदमाहामा एक जना ढोल बजाउनेको सहयोग लिनुभयो । त्यस बेला सरकारी कामको लागि मान्छे भेला गर्न ढोल बजाएर सूचना दिने गरिन्थ्यो । उहाँले ढोल बजाउने र एक जना चपरासीलाई लिएर कदमाहा गाउँमा मोही लेखाउन सूचना गर्नुहुन्थ्यो ।

त्यसबेला जमिनदारसँग बैरी हुन कोही पनि चाहन्थेन । त्यही कारण हो, कदमाहामा सबभन्दा कम मोही छ । केही चौधरीहरूले त्यहाँ ४/५ बिघा जमिन जमिनदारसँग लिएको थियो । र, मुसहरहरूलाई बटैया लगाएर उब्जाउ गर्न लगाउथ्यो । तर उनीहरूले न आपूmलाई मोही लेखायो न त मुसहरहरूलाई मोही लेखाउन दियो । तर पछि मोहीहरूले आधा जग्गा पाउने भयो । त्यसपछि चौधरीहरू पश्चाताप गर्दै भन्दैथियो, ‘प्रितमलाल हाम्रो लागि त्यत्तिखेर भगवान भएर आएको थियो, तर हाम्रै नसिब ठिक थिएन ।’

सदीयौंदेखि नेपालमा बसिरहेका थिए उनीहरूलार्ई वशंज, विदेशीमूलको तर नेपालमा जन्मेकालाई जन्मसिद्ध र केही वर्ष पहिलामात्र आएकालाई अंगीकृत नागरिकता दिने प्रावधान थियो । तर वडा पञ्चले दलितहरूलाई मधेसी भनिदिएपछि गैरदलितहरूमध्ये कसैलाई जन्मसिद्ध त कसैलाई अंगीकृत नागरिकताको दिन खोजेको थियो । एकआध व्यक्तिलाई मात्रै वंशजको आधारमा नागरिकता दिएको थियो ।

बाल्यकालदेखि तारेख

गरिबहरूको पक्षमा काम गर्दा म र मेरो परिवारले भोगेको पीडाको बयान गर्न शब्द छैन । गाउँमा कुनै घटना भयो कि त्यसमा हाम्रो परिवारलाई मुछिहाल्थ्यो । गाउँमा कुटपिट, चोरी–डकैती, हत्या, हिंसा भएमा त्यसमा मेरो परिवारलाई जमिनदारहरूले फसाइहाल्थ्यो । यस्ता मुद्दाको फेरिहस्त छ ।

म जान्ने बुझ्ने भइसकेपछि मलाई समेत प्रतिवादी बनाएर २२ वटा मुद्दा शासक जमिनदारहरूले लगाएको थियो । २२ वटा मुद्दा मैलै लडेको छु । म हिँड्दै राजविराज जान्थें । जतिखेर आँखा खुल्यो, त्यत्तिखेर हिँडीहाल्थें । विहान १० नबज्दै घरदेखि ३५ किलोमिटर पूर्व राजविराज तारेख लिन अडा पुग्थें । त्यसवखत अहिलेको शौचालयजस्तो घर थियो अमिनी र एउटा गोश्वारा कार्यालय ।

सक्कली र नक्कली नागरिकको विभाजन

२०३४ पुस महिना गाउँमा नागरिकताको टोली आएको थियो । नागरिकताको स्थायी निस्सा बनाउन । तर त्यस समयमा पनि जो सदीयौंदेखि नेपालमा बसिरहेका थिए उनीहरूलार्ई वशंज, विदेशीमूलको तर नेपालमा जन्मेकालाई जन्मसिद्ध र केही वर्ष पहिलामात्र आएकालाई अंगीकृत नागरिकता दिने प्रावधान थियो । तर वडा पञ्चले दलितहरूलाई मधेसी भनिदिएपछि गैरदलितहरूमध्ये कसैलाई जन्मसिद्ध त कसैलाई अंगीकृत नागरिकताको दिन खोजेको थियो । एकआध व्यक्तिलाई मात्रै वंशजको आधारमा नागरिकता दिएको थियो ।

म यो सबै गतिविधि नियालिरहेका थिएँ । यसरी भूमिपुत्रको रूपमा रहेका दलितलाई अंगीकृत नागरिकता दिएको मैले सहन सकिन । मैले तुरुन्तै प्रतिकार गरेका थिएँ । र, मेरो प्रतिरोधका कारण दलितहरूले वंशजका आधारमा नागरिकता पाएका थिए ।

सिनो बहिष्कार आन्दोलनको उठान

सिनो बहिष्कार आन्दोलनको कुरा गर्दा जहिले पनि २०५६/५७ सालमा सिराहा र सप्तरीमा चमार समुदायले गरेको सिनो फाल्न बन्द आन्दोलन नै मधेसी दलितहरूले गरेको संगठित आन्दोलन रहेको लेखिने गरिएको छ । जुन कुरा शतप्रतिशत सही होइन । मधेसी दलित समुदायले २०५६ सालपछि गरेको आन्दोलनको आधारभूमि हो चमार समुदायका सचेत अगुवाहरूले २००९ सालदेखि स्व—जातीय रूपमा गरेको “सिनो खान (मरिखाने) बन्द” आन्दोलन । चमार समुदायका अगुवाहरूले २००९ सालदेखि शुरु गरेको आन्दोलन २०५६÷५७ सालमा आइपुग्दा मात्रै राष्ट्रिय रूप लिएको मात्रै हो ।

खासमा बुबाको पालामै सिनो बहिष्कार आन्दोलनको जग बसिसकेको थियो । सिनो खान बन्द (मरिखाने) आन्दोलन २०२६ सालतिर आउँदा सरकारको स्वामित्वमा रहेको बाँसबारी छाला उद्योग कम्पनीका ठेक्केदारलाई कम मूल्यमा छाला बेच्नुपर्ने बाध्यताको विरुद्ध “ठेक्केदारी प्रथा” अन्त्य गर्ने संघर्षमा परिणत भएको थियो ।

मरिखाने प्रथाविरुद्ध स्वजातिभित्रको आन्दोलन र छाला ठेक्केदारविरुद्धको आन्दोलन लगभग २०३६÷३७ सालसम्म चलेको थियो । यी दुई आन्दोलन सफल भइसकेपछि २०५३ सालतिर चमार समुदायका दोस्रो पुस्ताका महन्थी रामलगायतका युवाहरूले आन्दोलनको अगुवाइ गरेको थियो । महन्थी रामलगायतका युवाहरूले नेपाल हरिजन सुधार संघको नाम परिर्वतन गरेर “राम समाज कल्याण संघ” राखेर आन्दोलन अघि बढाएको थियो ।

“राम समाज कल्याण संघ”लाई विधिवत रूपमा २०५४ सालतिर जिल्ला प्रशासन कार्याल सप्तरीमा दर्ता गरी चमार समुदायका दोस्रो पुस्ताका अगुवाहरूले सुधारमुखी आन्दोलन गरेको थियो । महन्थी राम नेतृत्वमा रहेका अगुवाहरूले २०५४ असार २० गते देखि गरेको सुधारमुखी आन्दोलनको प्रमुख एजेण्डा सिनो फाल्न बन्द गर्ने रहेको थिएन । तत्कालीन समयका अगुवाहरूले चमार समुदायले परम्परागत रूपमा सिनो फाल्ने प्रथा चमार समुदायको हातमुख जोड्ने आयस्रोतको रूपमा रहेकाले प्रथा त्याग्नुभन्दा त्यसमा सुधार गरेर अघि बढ्नेमा जोड दिएका थिए ।

महन्थी रामलगायतका अगुवाहरूले चमार समुदायले सिनो फाले बापत निश्चित ज्याला निर्धारण गर्नुपर्ने माग गरेका थिए । तर चमार समुदायले सिनो फालेबापतको ज्याला आफैले निर्धारण गरेको कुरा गिरहत तथा जमिनदारहरूलाई सह्य भएको थिएन ।

त्यही समयमा दलितहरूको सबभन्दा बढी जनसंख्या रहेको सप्तरीमा सरस्वती सामुदायिक विकास मञ्चले एक्सन ऐड नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयसँगको साझेदारीमा केही कार्यक्रम गर्दैथियो । मञ्चले २०५५ सालदेखि सप्तरीको मधुपट्टी, कुशहा, पिप्रापश्चिम, दौलतपुर र हर्दिया गरी पाँच गाविसमा अधिकारमुखी अवधारणामा दलित समुदायलाई लक्षित गरी कार्यक्रम संचालन गरेको थियो ।
मञ्चले पाँचवटै गाविसका दलितहरूलाई संगठित गरी पाँच वटा दलित संगम निर्माण गरेको थियो । दलित जनचेतना संगमको अध्यक्ष मलाई बनाइएको थियो । महिलाहरूलाई संगठित गरी नारी संगम गठन गरी कार्यक्रम संचालन गरेको थियो । पाँचवटै गाविसमा महिलाहरूबीच रिफ्लेक्टअन्तर्गत कक्षा संचालन गरेको थियो । रिफ्लेक्ट कक्षामा स्थानीय महिलाहरूले भोग्ने समस्यालाई छलफलमा ल्याई त्यसको समाधान खोज्ने गरिन्थ्यो । यही क्रममा चमार समुदायका महिलाहरूले आफूहरूले परम्परागत रूपमा सुँडेनीको काम गर्नुपर्ने र पुरुषहरूले सिनो फाल्ने सवाल पहिचान गरेको थियो । सोही सवालमा छलफल हुँदा चमार समुदायले सुँडेनी र सिनो फाल्न बन्द गर्ने खालको आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

रिफ्लेक्ट कक्षामा स्थानीय महिलाहरूले भोग्ने समस्यालाई छलफलमा ल्याई त्यसको समाधान खोज्ने गरिन्थ्यो । यही क्रममा चमार समुदायका महिलाहरूले आफूहरूले परम्परागत रूपमा सुँडेनीको काम गर्नुपर्ने र पुरुषहरूले सिनो फाल्ने सवाल पहिचान गरेको थियो । सोही सवालमा छलफल हुँदा चमार समुदायले सुँडेनी र सिनो फाल्न बन्द गर्ने खालको आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

दलित संगममार्फत दलित उत्पीडनको सवालमा संघर्ष गर्ने र आफ्नो जातीय तथा वर्गीय उत्थानका लागि आन्तरिक सुधारको कार्य सुरुवात गर्ने निर्णय गरियो । २०५६ असार महिनाको शुरुवातमा मल्हनमा गाविसको धाँती गाउँमा एक भेलाको आयोजना गरियो । त्यहाँ प्रत्येक दलितले आन्तरिक सुधारका लागि समाजले घृणित मानेको परम्परागत जातीय पेसालाई क्रमशः छोड्दै जाने र वैकल्पिक रोजगारको सुरुवात गर्ने निर्णय गरेका थियो । त्यस बैठकमा चमार समुदायले सिनो नफाल्ने निर्णय गरे ।

सिनो नफाल्ने निर्णयको औचित्य सावित गर्न त्यत्तिखेर मैले भनेको थिएँ, समाजमा मरेको सिनो फालेर हामीले समाजको सेवा गरेका छौं । तर त्यही सिनो फालेको कारण हामी अछूत मानिन्छौं । हामीलाई जातीय रूपमा घृणा गरिन्छ । सार्वजनिक मठमन्दिर, पाटीपौवा, इनार तथा धारा प्रयोग गर्न दिइँदैन । नेपालको संविधान २०४७ को धारा ११ ले कुनै पनि व्यक्तिलाई करकापबाट कुनै कार्य गराउन पाइँदैन भन्ने स्पष्ट अधिकार दिइएको छ । त्यसैले हामी चमार जातिले सिनो फाल्ने जस्तो समाजले घृणित भन्ने कार्यलाई जातीय पेसाको रूपमा अँगाली राख्ने हामीसँग कुनै बाध्यता छैन । तसर्थ हामीले सिनो नफाल्ने निर्णय गरौं ।

मैले यसरी प्रस्ताव राखेको थिएँ । त्यस भेलालगत्तै हामी चार दाजुभाइहरू रामलखन राम, सुकदेव राम र भरत रामलाई स्थानीय गाउँलेहरूले पहिलोपल्ट सामाजिक बहिष्कार गरेको थियो । हामी चार दाजुभाइलाई सामाजिक बहिष्कार गरिएको घटनामा चमार बाहेकका दलितहरूको पनि सर्मथन रहेको थियो । स्थानीय बजारमा रहेको झरी दास (तत्मा)ले संचालन गरेको मिलमा बलदेव रामको परिवारले धान कुटाउन जाँदा उनले धान कुट््न मानेनन् । हामी चार दाजुभाइमाथि आरोप थियो, सामाजिक सद्भाव बिथोल्न दलितहहरूलाई भड्काउँदै छ भनेर ।

हाम्रो परिवारलाई नाकाबन्दी गरेपछि पाँच गाविसमा गठन गरिएको दलित संगमहरूको बैठक बस्यो । र, सो बैठकले हाम्रो परिवारमाथि भएको सामाजिक बहिष्कारको कानूनी रूपमा प्रतिवाद गर्ने र सिनो नफाल्ने निर्णयमा अडिग रहने निर्णय ग¥यो ।
हाम्रो परिवारमाथिको सामाजिक बहिष्कार नखुल्दै २०५६ असारमा मधुपट्टी गाविसका किसुनलाल कलवारको घरमा बाछी मरेको थियो । त्यो गाउँमा ढोढाई रामको क्षेत्र थियो । किसुनलाल कलवारले ढोढाई रामलाई बाछी सिनो फाल्न भने । तर उहाँले जातीय भेलाले सिनो नफाल्न गरेको निर्णय सुनाउँदै फाल्न इन्कार गरे । ढोढाई रामले सिनो नफालेपछि किसुनलाल कलवारले परिवारका अन्यको सहयोगमा आफै सिनो फाले । तर सोही दिनदेखि ढोढाई रामलाई सामाजिक बहिष्कार ग¥यो ।

ढोढाई रामलाई गरेको सामाजिक बहिष्कारविरुद्ध पाँच गाविसमा गठित दलित संगमले एकजुट भयो । घटनाको अगुवाइ मैले नेतृत्व गरेको जनचेतना दलित संगमले गरेको थियो । ढोढाई रामलाई गरिएको सामाजिक बहिष्कार २ दिनपछि हटे पनि सो घटनाबारे ‘छलफल’ साप्ताहिकले समाचार छाप्यो । जनचेतना दलित संगमले ‘छलफल’ साप्ताहिकमा छापिएको समाचारको फोटोकपी गरेर पाँचवटै गाविसका संगमलाई वितरण ग¥यो ।

मधुपटिको घटनालगत्तै दौलतपुर गाविस—५ का हरीलाल चौधरी, श्रीदेव चौधरी, भुटाई चौधरीको घरमा पशुधन म¥यो । त्यहाँ पनि चमारहरूलाई सिनो फाल्न भन्यो । तर सो गाविसमा ६ सयभन्दा बढी संख्यामा रहेका चमार समुदायमध्ये कोही पनि सिनो फाल्न गएन । चमार जातिले सिनो नफालेपछि चमारहरूविरुद्ध आर्थिक र सामाजिक नाकाबन्दी लगाइयो ।

१५ दिनको कठोर नाकाबन्दीको समाचार कान्तिपुर, हिमालय टाइम्स र काठमाण्डौ पोष्टजस्ता पत्रपत्रिकाले प्रमुखताका साथ प्रकाशित गरे । सञ्चारमाध्यममा प्रमुखताका साथ समाचार छापिएपछि नाकाबन्दी आंशिक रूपमा स्वतः हटेको थियो ।
दलित अभियानकर्ताहरू चमार समुदायको सिनो फाल्न बन्द आन्दोलन पूर्ण रूपमा लागू गर्न खटिएका थिए । र, अभियानकर्ताहरूको रोजाइमा लहानलाई केन्द्रविन्दु बनाएर आन्दोलनलाई सशक्त पार्ने रणनीतिअनुरूप कार्य अघि बढेको थियो । हामी दिनरात चमार बस्ती पुगेर सिनो नफाल्ने अभियानमा लाग्न समुदायसँग कुराकानी गर्दथ्यौं । र, लहानका चमारहरू सिनो फाल्न बन्द आन्दोलनमा समर्थन जनाउँदै सिनो नफाल्ने निर्णयमा सहमत भएको थियो ।

२०५६ चैत्र ७ गते पद्मनारायण चौधरीको घरमा एउटा भैँसीको पाडो मरेको थियो । पाडोको सिनो फाल्न चौधरी परिवारका व्यक्तिहरूले चमारहरूलाई अह्राए । आफूहरूले सिनो फाल्न बन्द गरिसकेकोले चमारहरूले उनीहरूको सिनो पनि नफाल्ने निर्णय सुनाए । फलस्वरूप चौधरी परिवारका व्यक्तिहरू आफै सिनो फाल्न बाध्य भए । यो घटनाले पद्मनारायण चौधरी र उनको दाजु किसुनलाल चौधरी क्रुद्ध भए ।

२०५६ चैत्र १० गते पद्मनारायण चौधरीको अगुवाइमा लहान नगरपालिका वार्ड नं. १ स्थित प्राथमिक विद्यालयमा सर्वजातीय बैठक बस्यो । सो बैठकमा चमार समुदायलाई जान प्रतिबन्ध लगाइयो । चमारबाहेक ११ वटा जाति सम्मिलित सो बैठकले चमार समुदायले सामाजिक परम्परा तोडेर सामाजिक मर्यादाको उल्लंघन गरेकोले उनीहरूलाई सामाजिक दण्ड दिनुपर्ने कुरामा पद्मनारायण चौधरीले सबैलाई सहमत गराए ।

चमार समुदायलाई दण्ड दिन स्थानीय पूर्णबहादुर खड्काको नेतृत्वमा चमार जाति बहिष्कार समिति बनाइयो । सो बैठकले चमार समुदायलाई ज्यामीमा नखटाउने, पैँचो, सापट र ऋण नदिने, कसैको जग्गामा टेक्न नदिने, इनार, धारा र पोखरी प्रयोग गर्न नदिने, बसपार्कमा कुल्लीको कार्य गर्न नदिने, बसको टिकट काट्न नदिने, मालिकहरूले घरमा काम गर्न राखेको चमार समुदायलाई कामबाट निकाल्ने, पसलका सामान नदिने आदि निर्णय गरियो ।

यस्तो निर्णय गरिएको अर्को दिन ः चैत ११ गतेदेखि गैरचमार समुदायहरूले नाकाबन्दी कडाइका साथ लागू गर्न दुई जना व्यक्ति रिक्सामा बसेर लहानभरि माइकिङ्ग र पर्चा पम्पलेट टाँसेका थिए । नाकाबन्दीअनुसार व्यवहार नगर्नेहरूलाई ५ सय १ रूपैया जरीबाना गर्ने निर्णय समेत गरेको थियो ।

पद्यमनारायण चौधरी नेपाली कांग्रेसका ठूलो नेता थिए । कांग्रेसभित्रको एउटा गुटले समेत आन्दोलनकारीलाई साथ दिएको थियो । कान्तिपुर दैनिकलगायतका पत्रिकाले प्राथमिकतासाथ निरन्तर समाचार प्रकाशित गरेपछि आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पनि पायो ।

लहानमा घटनापछि पनि करिब ५ वर्षसम्म सिरहा र सप्तरीका विभिन्न गाउँमा सिनो बहिष्कार आन्दोलनका कारण चमारहरूमाथि नाकाबन्द िलगाउने क्रम जारी रह्यो तर अन्ततः त्यो आन्दोलन सफल भयो ।

शिक्षा र भूमि अधिकारका लागि आन्दोलन

सिनो बहिष्कार आन्दोलन सफल भएपछि शिक्षाका लागि भीक्षा आन्दोलन अगुवाइ गरें । उक्त आन्दोलनको क्रममा दलित बालबालिकालाई निःशुल्क शिक्षाका लागि भीक्षा मागेर प्रधानमन्त्रीलाई पठाएका थियौं ।

त्यसपछि भूमि, नागरिकता र आक्षरणका लागि इतिहासमै सबभन्दा धेरै दलित राजविराजमा ४८ घण्टे रिले अनशन बस्यो । उक्त आन्दोलनमा ५ सय दलित अनशन बसेको थियो । अन्तिम दिन करिब १० हजारभन्दा बढी दलितले राजविराज रंगशाला भरिएको थियो ।

२०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको संस्थापक अध्यक्ष भएपछि देशभरि घुमेर भूमिहीन सुकुम्बासीहरूका दुःख, पीडा बुझ्न पाउने अवसर मिल्यो । भूमिहीन, सुकुम्बासी र हरवा चरवाका अधिकारबारे संघर्ष गर्दै छु ।

हजारौं दलित बस्ती बसेको जमिन कुनै एक व्यक्तिको छ । ‘जब तक भूमि मे सम्पूर्ण नेपालीके पहुँच नै होइत तब तक गरिबी कहियौ नै हट्तै ।’ यो देशमा जबसम्म भूमिको न्यायोचित वितरण हुँदैन, तबसम्म गरिबी अन्त्य हँुदैन भन्नेमा म ढुक्क छु ।

‘आइग लगइ छै त वेसी ताऊ लगै छै । या ऊ ताउ सेलाईछै ।’ सिनो बहिष्कार आन्दोलनको उपलब्धिबारे बिट मार्दै भन्न चाहन्छु, ‘हमर जाइत से जे आक्रोशसित छलै ऊ कम भेलै ये । दामन चापन सोहो कम भेल ये ।’

मुख्य कुरा राम समुदायले सामाजिक बन्धनबाट मुक्ति पाएको छ । विभिन्न पेसा र व्यवसायमा लाग्ने अवसर पाएको छ । मुख्य कुरो त गुलामीबाट मुक्ति मिलेको छ । अहिले युवाहरू वैदेशिक रोजगारमा गएका छन् । साहुमहाजनको ऋण तिरेर बचेको पैसाले जीवनमा धेरै परिर्वतन भएको छ ।

(लामो समय पत्रकारिता गरेका पासवान अनुसन्धानकर्ता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *