0

छुत योनिको अछुत कथा

सरिता परियार, हिन्दु राज्यमा ब्राह्मणले शूद्र समुदायका महिलामाथि यौन अपराध गरेमा न्यूनतम सजाय दिइन्थ्यो । शूद्र समुदायको पुरुषले द्विज वर्णको महिलामाथि यौन अपराध थाहा नपाई गरेमा यौन अंग काट्ने र सम्पत्ति जफत गर्ने काम गरिन्थ्यो । तर थाहा पाई–पाई अपराध गरेमा उसको ज्यान समेत लिइन्थ्यो । क्षत्रिय र वैश्यको सम्बन्धमा पनि ब्राह्मण महिलालाई यौन अपराध गरेमा शूद्रलाई जस्तै सजाय दिइन्थ्यो वा जिउँदै जलाइन्थ्यो । Continue Reading

0

राष्ट्रिय विभूतिमा पनि छुवाछूत ?

रसिलाल दास, सलहेस, दीना र भद्रीजस्ता लोकनायकलाई नेपालको राज्यबाट सम्झने र सम्मान गर्ने काम भएको छैन। उनीहरूजस्ता जनताका अभियन्तालाई राष्ट्रिय विभूति घोषणा नगर्दा आम जनसमुदायबाट र खासगरी मधेसी र दलित समुदायबाट राज्यले विभेद गरेको गुनासो गरिन्छ। प्रश्न के उठेको छ भने उनीहरूलाई कुनै सम्मान नगर्नुमा मधेसप्रति राज्यको पुरानै विभेद नीति पो छ कि ? सलहेस, दीना र भद्री दलित दुसाध र मुसहर समुदायका अगुवा भएकाले सम्मानमा पनि छुवाछूत गरिएको पो हो कि ? मधेसी दलितप्रति राज्यको हेपाहा व्यवहार देखेर यस्ता सवाल खडा भएको हो। Continue Reading

0

पुर्ख्यौली इलमको क्षतिपूर्ति

रिबन मंग्राती, ‘अछूतको काम’ भनेर अमर्यादित बिल्ला लगाइएको जुत्ता उत्पादन पेसालाई प्राचीन कालदेखि काँधमा बोकेर आएको सार्की समुदायको हविगत ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भएको छ । पुख्र्याैली जुत्ता पेसाकर्मीको दुर्दशा त एक प्रतिनिधि घटनामात्र हो, दमाई र कामी समुदायका सबैजसो परम्परागत पेसा अपहरण भएका छन् । समाजमा जुत्ताको कामले मर्यादा नपाउन्जेल सार्की समुदायले विभेद सहँदै यो पेसालाई जोगाइराखे । जतिबेला यो व्यवसायको राम्रो दिन सुरु भयो, त्यस बेलासम्ममा यो पेसा उनीहरूको हातबाट फुत्किसकेको थियो । Continue Reading

0

किन भइरहेको छ भारतमा दलित प्रतिरोध ?

-अमर विक, भारतमा जस्तै पछिल्लो समयमा नेपालका दलितहरूले पनि प्रतिगमन महसुस गरिरहेका छन् । नयाँ संविधानले उनीहरूले पाएका केही अधिकार खोसेको छ भने अन्य केही अधिकारलाई फिक्का बनाइदिएको छ । संविधान बनेपछिका सरकारहरूले आरक्षण र समावेशितालाई कमजोर पार्ने कोसिस गरिरहेका छन् । त्यसैगरी, एकातिर दलितमाथिको जातीय हिंसा र अत्याचार पनि बढ्दो छ । अर्कोतिर ज्यादै न्यून अपराधीहरू मात्रै कारबाहीमा पर्ने गरेका छन् । नेपालमा दलित प्रतिरोध कहिले शुरु हुन्छ, अहिले नै भन्न सकिन्न, तर ढिलो वा चाँडो यो निश्चित भने छ । Continue Reading

0

दलितलाई किन बनाइएन राष्ट्रपति-उपराष्ट्रपति?

धनकुमारी सुनार/अहिले राष्ट्रपति भण्डारी नै दोहोरिने निश्चित भैसकेको छ भने उपराष्ट्रपति पनि दोहोर्याउने तयारी छ। तर राष्ट्रका यी महत्वपूर्ण पदमा दलित समुदायको प्रतिनिधिलाई उम्मेदवार बनाउने बहस राजनीतिक वृत्तमै नल्याउनु उदेक लाग्ने कुरा हो। त्यो भन्दा पनि उदेक लाग्दो विडम्बना त पार्टीहरुभित्र रहेका दलित भातृ संगठन यो विषयमा मौन छन्, आफ्नो सरोकार नै ठान्दैनन्।  Continue Reading

0

अन्तरजातीय विवाह जात–व्यवस्था नष्ट गर्ने उपाय हो ?

राजकिशोर रजक-मान्छेले तबसम्म आफ्नो आचरणमा सुधार गर्दैन जबसम्म उसले शास्त्रको पवित्रतामा विश्वास गरिरहन्छ । मान्छेको आचरण शास्त्रबाट निर्देशित छ । विवाह धर्मशास्त्रको प्रभावबाट मुक्त हुनुपर्छ । यसको लागि दलित÷बहुजनको नेतृत्वमा सामाजिक सुधारको आन्दोलनको शुरुवात गर्नुपर्छ । आन्दोलनको मुख्य उद्देश्य प्रत्येक महिला र पुरुषलाई हिन्दूशास्त्रको बन्धनबाट मुक्त गराउने हुनुपर्छ । Continue Reading

0

दलितहरू हिन्दू समाजका अङ्ग हुन् र ?

गाईको मासु खाएकै कारण अछूत हुने भए ब्राह्मणहरु कसरी छूत भए ? राजकिशोर रजक हिन्दू समाजमा छुवाछूतको उत्पति सन्दर्भमा ठोस आधार आम जनसमुदायको स्तरमा छलफल भएको जस्तो लाग्दैन । हिन्दू आफैमा एउटा मिथक मात्र हो । हिन्दू नाम पनि एउटा… Continue Reading

0

पृथ्वीनारायण राष्ट्रनिर्माता होइनन्

-आहुति, पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अंग्रे्रजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । अंग्रेजले त्यति बेलाका राज्यहरू लिन खोज्दा एक–डेढ सय किलोमिटर परका गोरखालीसँग त लड्ने कीर्तिपुरवासीले समुद्रपारिका अंग्रेजसँग लड्ने जुक्ति खोज्दैनथे होलान् भनेर ठोकुवा गर्न सक्ने कुरा पनि होइन । Continue Reading

0

दलित कुनचाहिँ राष्ट्रमा एकीकृत रैछन् हँ ?

-राजेन्द्र महर्जन, पृथ्वीनारायण शाहले बनाएको ‘असिल् हिन्दूस्थाना’ मुलुकी ऐन र नयाँ संविधानमार्फत उन्नाइसौं शताब्दीमा मात्रै होइन एक्काइसौँ शताब्दीमा पनि जारी छ । हो, हामी बाँचिरहेको समयमा त्यस्तो राष्ट्रका रुपमा, जहाँ अछूतको नाममा विभेद गरिन्छ, कुटिन्छ, हेलाँहोचो गरिन्छ, गाई मारेर खाएको आरोप जेलमा सडाइन्छन् त कोही कोही त मारिन्छ पनि । लोकतान्त्रिक गणतन्त्रको टोपी भिरेको नेपाली राज्यले ‘असिल् हिन्दूस्थाना’रुपी राष्ट्र बोक्दै हिँडेको छ भने त्यस राष्ट्रमा अछूतहरुले प्रतिरोधको क्रममा भिरेको दलित पहिचानको अवस्था के छ खोज्न मन लागेको छ । यस्तो बेला मनमा खुल्दुली हुन्छ, यो राष्ट्रमा दलित पहिचानधारी बिसे नगर्चीहरु के गर्दै छन्, जसले अहिलेको नेपालको रुपमा गोर्खा राज्य विस्तार गर्न सघाएका थिए ? गोर्खालाई नेपाल देश बनाउनचाहिँ रगत, पसिना र आँसु बगाउने अनि नेपाल बनेपछि शास्त्र र शस्त्रको बलमा अनागरिक भएर बाँच्नुपर्ने नै बिसेहरुको नियति हो र ? Continue Reading

1

खोइ दलितमुखी नेपाली माक्र्सवाद ?

-राजेन्द्र महर्जन ,वर्ण/जातको समस्या नभएका देशका माक्र्सवादी विचार र समाजवादी अभ्यासले दलित समस्याको समाधान नदिने तथ्य जगजाहेर छ । त्यसैले वर्ण/जातको समस्या पनि भएका नेपाल लगायत भारतका माक्र्सवादीहरूको काँधमा विचार र व्यवस्थाको तहमा दलित समस्याको हल खोज्ने गहन दायित्व छ । वर्ग र वर्ण लगायत अन्य सामाजिक पहिचानसँग जोडिएका शोषण, उत्पीडन र विभेदको सम्बोधन गर्ने खालका विचार र व्यवस्था निर्माण गर्ने जिम्मेवारी पूरा गर्न सकियो भनेमात्रै माक्र्सवाद सार्थक वैचारिक अस्त्र हुनसक्छ । Continue Reading