ब्लगबारे

दलित रीडर के हो ?

‘दलित रीडर’ दलित समुदाय तथा नेपाली जात व्यवस्थाको सवालमा लेख्ने, अध्ययन–अनुसन्धान गर्ने, बौद्धिक रूपमा सक्रिय हुने एवं दलित आन्दोलनप्रति चासो, चिन्ता र चिन्तन गर्ने विभिन्न व्यक्तिद्वारा स्वस्फूर्त रूपमा सञ्चालन गरिएको बौद्धिक तथा वैचारिक अभियान हो । यस अभियानले दलित र गैरदलित बौद्धिकहरूलाई समेटेर ‘नेपाली समाज, जात व्यवस्था र दलित समुदाय’का विषयमा मूलतः ‘ज्ञान उत्पादन’को काम गर्ने छ ।

दलित रीडर ब्लग किन ?

दलित रीडर ब्लग दलित आन्दोलनभित्रका वैकल्पिक वैचारिक बहसको एक माध्यम हो । यो दलित आन्दोलनलाई समालोचनात्मक रूपले हेर्ने भिन्नाभिन्नै वैकल्पिक सोच भएका विचारलाई एउटै थलोमा ल्याउने साझा बाटो हो । यो दलित सवालमा लेखन र अनुसन्धान गरिरहेका दलित एवं गैरदलित अध्येताहरूबीच प्राज्ञिक बहस गर्ने सहकार्यको मञ्च पनि हो । यसले ज्ञान उत्पादनको कार्यलाई दिगो बनाउन दलित समुदायबाटै दक्ष, तर्कशील र अध्ययनशील नयाँ पुस्ता उत्पादन गर्ने तथा उनीहरूलाई निरन्तर पृष्ठपोषण गर्ने मूल उद्देश्य लिएको छ । स्वायत्त स्वयमसेवी अभियानका रूपमा यस ब्लगमा लेख–रचना लेख्ने र बहसमा भाग लिने सबै यसका सहकर्मी हुन् ।

 

दलित रिडर अभियान
Email: dalitreader@gmail.com